Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

घर र गाडि कर्जामा व्याजदर सार्वजनिक गर्दै बैंकहरु, कसको सुविधा कस्तो ?

२०७७ श्रावण १२ गते

बैंकिङ खबर । विभिन्न बैंकहरुले घर तथा गाडिमा कर्जा प्रबाह गर्नेगरी नयाँ व्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले व्याजदर घटाएसँगै घर र गाडिमा लगानी गर्न थालेका हुन् । लकडाउन पछि बैंकवित्तको निक्षेप र ऋण दुवै किसिमको व्याजदर ह्वात्तै घटेको छ । अहिले अधिकाँस बैंकहरुले ९ देखि १० प्रतिशतको बीचमा व्याजदर तोकेका छन् । अधिकाँसले घर कर्जा र गाडि कर्जाका अफरहरु ल्याएका छन् । बैंकहरुमा निक्षेप बढेको छ भने कर्जाको माग कम छ । कोरोनाका कारण व्यापार व्याबसाय सुस्ताएको छ । उद्योग संचालन गर्नेहरु पनि मारमा छन् । लकडाउनका कारण परेको असर साम्य हुन सकेको छैन । जसले गर्दा कर्जाको माग घटेको हो । अहिले घर र गाडि कर्जा १० प्रतिशत भन्दा कममा पाउन थालेपछि धेरैको चासो घर र गाडिमा गएको छ ।

सनराइज बैंक

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले शेयर धितो कर्जामा ९.९५प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । कोरोनाले अर्थव्यवस्थामा परिरहेकको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यलेबैंकले यो योजना ल्याएको जनाएको छ ।

हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ८.४९ प्रतिशत व्याज दरमा विभिन्न छ प्रकारका र ९.८९ प्रतिशत व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेका ८.४९ प्रतिशत व्याज दरको कर्जा योजनामा एस.एम.इ कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन् । त्यसै गरी, ९.८९ प्रतिशत व्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् । त्यस्तै बैंकले १०.३९ प्रतिशत व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ । दश वर्षको अबधि सम्मका लागि पाइने एस.एम.इ कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अङ्कमा हुने गरी तोकेको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकेको हो । हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमइ बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई उद्मोग गर्न, सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।
बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै ८.९९ प्रतिशत व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।
यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु. १५ लाख देखि देखि रु. १ करोड सम्म कर्जा उपलब्ध गराइने छ ।
ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५% व्याजदरमा घरजग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिररहनेछ ।
यसैगरी बैंकले ८.९९% मा गाडी कर्जा र ९.४९५ मा सेयरको धितोमा कर्जा प्रवाह गर्नेछ ।
यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट/क्रेडिट कार्ड जारी शुल्कमा ५०% छुट र लकर सुविधामा ५०% छुट प्रदान गरिनेछ ।

सानिमा बैंक
सानिमा बैंकले ९.९९ प्रतिशतमा घर तथा सवारी कर्जा योजना ल्याएको छ । बैंकले १० वर्षका लागि यस्तो कर्जा योजना ल्याएको हो । बैंकले १ वर्षसम्म कर्जाको ब्याजदर नबढाउने जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले घर कर्जा ८.२५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत र व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने योजना ल्याएको छ ।

एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत ब्याजदरमा घर र सवारी कर्जाको सुपर चमत्कारी योजना सार्वजनिक गरेको छ । यस्तो कर्जा बैंकले एक वर्षसम्म ब्याज नबढ्ने गरी बेसरेटभन्दा ०.०३ प्रतिशत बढी र सेवा शूल्क ०.२५ प्रतिशतमात्र लिने गरी सार्वजनिक गरेको हो ।

नबिल बैंक : 
नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६औं वार्षिकोत्सव योजना” ल्याएको छ । उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ ।

जस अन्तर्गत
घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्रतिशत, साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत
सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घर जग्गा तथा सवारी खरिद गर्न ७.५९ प्रतिशत ब्याजदरमा सस्तो कर्जा योजना ल्याएको छ । बैंकले बार्षिक १ वर्षको लागि घरजग्गा तथा सवारी कर्जा योजना ल्याएको हो ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ ।

बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने जनाएको छ । आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ ।