Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका लघुवित्तको का.मु सिइओमा कमल खत्री नियुक्त

२०७७ श्रावण २ गते

बैंकिङ खबर । कालिका लघुवित्त वित्तिय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कमल खत्री नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको २०७७असार ३१ कोबोर्ड बैठकले खत्रीलाई का.मु सिईओमा नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत रहेका मिनबहादुर बोहरा बाहिरिएपछि सोही संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीले का.मु. प्रमुखको जिम्मेवारी पाएका हुन् ।
२३ वर्षको वित्तिय अनुभव संगालेका खत्रीले कालिका लघुवित्त बाहेक जनसेवी लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरिसकेका छन् । जनसेवी र कालिका मर्जरपछि उनी संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

Ad