यो साता नेपाल स्टक एक्सचेञ्जमा ९ अर्बमाथिको शेयर कारोबार भएको छ । साताभरमा १ सय ५१ वटा कम्पनीको १ करोड ४६ लाख ३३ हजार ४ सय ६० कित्ता शेयर ४२ हजार ६ सय ४९ पटक खरिलविक्रि हुँदा कुल ९ अर्ब ७ लाख रुपैँयाको कारोबार भएको हो । कारोबार रकम गत साताको तुलनामाा ४९ दशमलव ६४ प्रतिशतले बढी हो । गतसाता १ सय ५९ कम्पनीहरुको १ करोड १ लाख ६७ हजार ९ सय ४० कित्ता शेयर २६ हजार ९५ पटक खरिद बिक्री हुँदा कुल ६ अर्ब ४ करोड ६८ लाख ७४ हजार रुपैंयाको कारोबार भएको थियो ।
बजार पनि साताको पहिलो दिनको तुलनामा ५३ दशमलव ०९ अंकले बढेर अन्तिम दिन १ हजार ७ सय ९८ दशमलव ८३ अंकमा पुगी कारोबार बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२ दशमलव ८० अंकले बढेर ३ सय ८७ दशमलव ६५ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । साताको मंगलबार आजसम्मकै उच्च १८ सयको विन्दुमा पुगेको शेयर बजार बुधबार एकै दिन १३ अंकले घटेको थियो ।
कारोबार रकमका आधारमा यो साता सिद्धार्थ बैंक लि. अग्रस्थानमा रह्यो, जसको ५६ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी माछापुच्छे बैंक लिमिटेडको ५४ करोड ८७ लाख ७० हजार रुपैंया, नेपाल बैंक लिमिकटेडको ४० करोड ५८ लाख ९० हजार रुपैंया, जल विद्युत लगानी तथा विकास कम्पनीको ३३ करोड १२ लाख ६० हजार र नेपाल बंगलादेश बैंक लिमिटेडको ३३ करोड ४ लाख ५० हजार रुपैंया बराबरको शेयर किनबेच भएका छन् ।
सेयर संख्याको आधारमा सद्धार्थ इक्विटी ओरिएन्टेड स्किम अग्रस्थानमा रहेको छ, जसको २० लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा ३ हजार ७ सय २५ वटा शेयर हुँदै जलविद्युत लगानी तथा विकास कम्पनी लि. अग्रस्थानमा रहेको छ ।
यो साता नेपाल स्टक एक्सचेञ्जमा सात कम्पनीको बोनश तथा हकप्रद शेयर सुचीकृत भए । सूचीकृत हुनेमा विकास बैंक लिमिटेडको ८ लाख ५० हजार ७ सय १५ दशमलव ७ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै शुभेच्छा विकास बैंकको २ लाख ६९ हजार सात सय ८ दहमलव ६०, शुभेच्छा कै ५ लाख ८ सय ५२ कित्ता हकप्रद शेयर, पूर्णिमा विकास बैंकको ३ लाख ८० हजार आठ सय ३७ बोनश शेयर, साना किसान विकास बैंकको ५लाख ७६ हजार ७०६ सय कित्ता बोनश शेयर, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २१ लाख ३८ हजार नौ सय ६ दशमलव २५ कित्ता र सेतीफाइनान्सको ७७ हजार ९२४ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।



