बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा २०७७ श्रावण १ देखि लागु हुनेगरी विनोद आचार्य नियुक्त हुनुभएको छ । विगत दुई दशकभन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन विषयमा एमपिए तथा एमविए गर्नुभएको छ । केहि महिना देखि उहांले वित्तीय संस्थामा का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्हिरहनु भएको थियो ।
यस अघि नै उहांले आरम्भ लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरिसक्नु भएको छ । यसै गरी आरम्भ लघुवित्त भन्दा अघि उहांले डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाहरुमा महाप्रवन्धकको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ ।
सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाले हाल सम्म ४८ ओटा शाखाहरु मार्फत २७ ओटा जिल्लाहरुमा करिब ३३ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ३० करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
