बैंकिङ खबर । सुनसरीको धरानमा रहेको निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्याले मृतक परिवारका सदस्यलाई बीमा रमक प्रदान गरेको छ ।
केराबारी गाउपालिका मोरङ मा सञ्चालन रहेको देविटार महिला स्वा.समुह कि सदस्य चिजामाया विश्वकर्मालाई श्रीमानको मृत्यू बापतको रकम प्रदान गरेको हो ।
निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्याका शाखा प्रमुख गोविन्द प्रसाद तिमल्सीनाले श्रीमान आइत बहादूर कामीको निधन भएपछि मृतककी श्रीमति चिजामाया विश्वकर्मालाइलाई एक कार्यक्रमको बिच क्षतिपूर्ति बापतको रकम रु १४ हजार हस्तान्तरण गर्नूभएको हो ।
संस्थाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भएमा २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखा प्रमुख तिमल्सीनाले जानकारी दिनूभयो ।
यसै गरी सोही दिन एक सदस्यलाई मुटुको बल्भको अप्रेशन गरे बापत संस्थाले गर्ने आर्थिक सहयोग राहत रकम पनि बितरण गरेको छ ।
मोरङ जिल्ला केराबारी गा.पा. वडा नं. ५ मै गठन भएको राङचा महिला स्वा.समुह कि सदस्य सबिता राईलाई मुटुको बल्भको अप्रेशन भए अनुसार संस्थाले गर्ने आर्थिक सहयोग रकम नगद रु ५००० पनि बितरण गरिएको छ । यसरी संस्थाले ग्राहक तथा निजको परिवारमा गम्भिर रोगबाट पिडित हूदा आर्थिक राहत रकम पनि प्रदान गर्दै आइरहेको पाचकन्या शाखा का कर्मचारी चूडामणि पौडेलले जानकारी गराउनू भयो ।

