January 31st, 2016

मर्चेन्ट बैँक र लघुवित्त खोल्ने तयारीमा वाणिज्य बैँक

banijya_bank_राष्ट्रिय वाणिज्य बैंकले एउटा मर्चेन्ट बैंक र एउटा लघुवित्त खोल्ने घोषणा गरेको छ । ५१ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले दुई सहायक संस्था स्थापना गर्ने घोषणा गरेको हो । ’देशकै अग्रणी बैंकको नाताले बैंकले सहायक कम्पनीमार्फत पुँजी बजारमा टेवा र्पुयाउन मर्चेन्ट बिंकङ र ग्रामीण क्षेत्रका विपन्न तथा पिछडिएका समुदायमा बैंकिङ पहुँच र्पुयाउन लुघवित्त कम्पनी स्थापनाको तयारी गरेको छ,’ वार्षिकोत्सव कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले भने । उनले सहायक कम्पनिहरुको पुँजीबारे भने खुलाएनन् । पन्थीले बैंकको नयाँ कामबाट वित्तीय क्षेत्रमा विशेष टेवा पुग्ने दाबी गरे ।

’तरलता व्यवस्थापन गर्न सरकार गम्भीर’ विषयक कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय संस्थासँग भएको तरलता व्यवस्थापनमा सरकार गम्भीर भएको बताएका छन् । अधिक तरलताका कारण आउन सक्ने समस्याबारे सरकार जानकार रहेको भन्दै उनले वित्तीय संस्थालाई अप्ठेरो पर्नबाट सरकारले जोगाउने बताए । भण्डारीले भने, ’तरलता व्यवस्थापनबारे सरकारले छलफल गरिरहेको छ, हामी केही न केही उपाय निकाल्छौँ ।’ भण्डारीले तराईमा जारी आन्दोलन र भारतीय नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउन नसक्दा बैंकहरुले योजना अनुसार काम हुन नसकेको जानकारी गराए ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको जनाएको छ । अहिले बैंकको सञ्चित नोक्सान एक अर्ब रुपैयाँ भन्दा कममा आइसकेको पन्थीले बताए।   राष्ट्रिय वणिज्य बैंकले एकसय ६३ शाखा, ८० एटिएम, १० एक्सटेन्सन काउन्टर र ६७ शाखारहित बैंकिङमार्फत ६८ वटा जिल्लामा सेवा प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]