Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकलाई बैंकर्स संघको सुझाव -‘कारोबार सिमा तोक्ने अधिकार बैंकलाई देउ’

२०७७ असार ५ गते

बैंकिङ खबर । नेपाल बैंकर्स संघले आगामी मौद्रिक नीतिमाथि आफ्ना सुझावहरु राष्ट्र बैंक समक्ष पेश गरेको छ । बैंकर्स संघले विद्युतीय माध्यमबाट हुने कारोवारलाई बढाउने, नगद सिमा घटाउने र नगद कारोवार तथा विद्युतीय भुक्तानीको सीमा तोक्नेदेखि शुल्क निर्धारणसम्मको अधिकार बैंकलाई नै दिन माग गरेको छ । संघले त्यस किसिमको नीतिगत व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरेको हो । बैंकसर्स संघले व्याजदरको अन्तर (स्प्रेड दर) को सिमा राष्ट्र बैंकले तोक्न नहुने र व्याज सम्बन्धि अधिकार खुल्ला प्रतिशप्रधाका आधारमा बैंकलाई नै निर्णय गर्न दिनुपर्ने माग गरेको छ । संघले अनलाइन खाता संचालन तथा अनलाइन केवासी भिडियो मार्फत अपडेट गर्न मिल्ने व्यबस्थाको पनि माग गरेको छ । क्यू आर कोड मार्फत् भुक्तानी गर्न प्रोत्साहित गर्न, प्रविधिको पूर्वाधार एवं व्यवस्थापनलाई जोड दिन अन्तर्राष्ट्रिय सेवा प्रदायक भिसा, मास्टर कार्ड, युनियन पेहरुले लिने शुल्क कम गर्नका निमित्त नेपाल राष्ट्र बैंकबाट आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ । संघले विद्युतीय कारोबारलाई व्यवस्थित गर्न न्युनतम अपनाउनु पर्ने सुरक्षा मापदण्ड एवं वित्तीय संस्था, मर्चेन्ट बैंकिङ, वालेट, एजेन्ट्स, लगायतबारे प्रष्ट धारणा बनाउन भनेको छ ।

Ad