Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल सिपिङ्ग लाइन्सको सक्रियता : कुनै पनि सामग्रीको अभाव हुन नदिने

२०७७ असार २ गते

बैंकिङ खबर । लकडाउनका समय आबश्यक पर्ने सामग्रीको अभाव हुन नदिनका लागि नेपाल सिपिङ्ग लाइन्सले महत्वपूर्ण भूमिका खेल्ने भएको छ । उक्त कम्पनीले नेपालको राष्ट्रिय झण्डा अंकित आप्mनै नेपाली कन्टेनरमा समुद्रपारबाट सामान आयात गर्दै आइरहेको छ । यो एकमात्र राष्ट्रिय झण्डा बाहक कम्पनी हो, जसले विभिन्न मुलकका बन्दरगाहहरुबामट सामान ल्याउन सरकारलाई समेत सपोर्ट गरेको छ । नेपाल सिपिङ लाइन्सका हजारौं कन्टेनरहरु अहिले पनि विभिन्न मुलुकका बन्दरगाहहरुमा ढुवानी सेवा दिन तम्तयार अबस्थामा रहेको तथा निर्यात कार्गोका लागि विरगंजमा सयौं कन्टेनरहरु स्टकमा राखिएको कम्पनीले जनाएको छ । भारत र अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न अहिलेको लकडाउनका बेला कठिनाइ भइरहेको अबस्था छ । यस्तो असहज अबस्थामा समेत कम्पनीले देश र जनताका लागि अहोरात्र सक्रिय रहने प्रढ गरेको छ । देशमा सामान अभाव हुन नदिन तथा छिटो छरितो रुपमा सामग्री आयत गर्न नेपाल सिपिङ लाइन्सले सक्रियता अपनाइरहेको जनाएको छ ।

कोरोना महामारीस“ग जुध्नका लागि आवश्यक पर्ने खाद्यान्न, औषधि र स्वास्थ्य सुरक्षाजन्य सामग्रीको आयात छिटो छरितो गर्न आबश्यक भइरहेको बेला उक्त कम्पनीको सक्रियताले मुलुकमा भयावह स्थिति सिर्जना हुनबाट जोगाउने भएको छ । नेपाल सिपिङ लाइन्सल विज्ञप्ति मार्फत छिटो, छरितो र विश्वसनीय रुपमा सामान आयातका लागि सेवा सुचारु गरीरहेको र कुनैपनि सामग्री अभाव हुन नदिन सक्दो पहल गर्ने बताएको छ ।

त्यस्तै निर्यात गर्दा जुनसुकै समयमा पनि कन्टेनरहरु उपलब्ध हुनेभएकाले नेपालका निर्यातकर्ताहरुको समयको समेत कम्पनीले बचत गर्दै निर्यातका कार्यलाई पनि निरन्तर सेवा दिएको छ । उक्त कम्पनीले कम ढुवानीदरमा झन्झटरहित तरीकाले निर्यातलाई सम्भब बनाइदिएको छ । कम्पनीले विश्वभरी लकडाउनको अबस्थामा पनि निर्यात प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल सिपिङ्ग लाईन्स प्रयोगले व्यक्ति र राष्ट्र दुवैलाई फाइदा
नेपाल सिपिङ्ग लाईन्सको सेवा लिंदा अग्रिम भुक्तानी गर्नुपर्ने झन्झटबाट पनि नेपाली आयातकर्ताहरु मुक्त हुनेछन् । साथै विदेशी मुद्रामा भुक्तानी गर्नु पर्ने झन्झट समेत रहने छैन । नेपाल सिपिङ लाइन्सको लक्ष्य गुणस्तरीय सेवा, प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा सामान ढुवानी गर्नु भएकाले सरल र सहज बनाउने काममा लागिपरेको कम्पनीले जनाएको छ । जसले गर्दा आयतकर्ताहरुको डिटेन्सन तथा अन्य सम्भावित खर्चमा समेत कमी आउनेछ । त्यसमाथि, आयातकर्ताहरुलाई डेलिभरी अर्डर पनि नेपालमै दिने व्यवस्था गरिएको बताइएको छ ।

नेपाल सिपिङ्ग लाईन्सको भूमिका र सक्रियताले मुलुकको समग्र अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने देखिन्छ । निकट भविष्यमा नै नेपालको आफ्नै जलमार्ग कोशी तथा गण्डक क्षेत्रमा नेपाली पानीजहाजबाट सेवा विस्तार गर्न सकिने सम्भाबनालाई समेत दृष्टिगत गर्दै कम्पनीले काम अगाडि बढाएको छ । कुल गृहस्थ उत्पादनको ५५% विदेशसँग सम्बन्धित आयत–निर्यातमा निर्भर रहेकोमा ९९% आयात तथा निर्यात विदेशी सिपिङ्ग तथा ढुवानी कम्पनीहरुमा निर्भर रहेको हुँदा नेपाली कम्पनीहरुलाई पनि यस्ता व्यवसायहरुमा संलग्न गराउनका साथै नेपाललाई पनि समुद्रसँग पहुँच बढाउने काममा राष्ट्रलाई नै जोड्नेगरी विकास गर्ने नेपाल सरकारको भिजनमा नेपाल सिपिङ्ग लाईन्सले साथ दिएको छ ।

Ad