
बैंकिङ खबर । निर्धन उत्थान लघुबित्त बित्तीय संस्था लिमीटेड बाग्लुङ खर्वाङ शाखाले एक कार्यक्रमका बिच छात्रवृती रकम बितरण गरेको छ । संस्थाको शाखामा आबद्ध ग्राहक सदस्यहरुका छोरा र छोरी लाई संस्था का संस्थापक हरीहरदेब पन्तको स्मृतीमा हरीहरदेब स्मृती छात्रबृर्ती स्वरुप गूल्मी जिल्लाको मुसीकोट न.पा वडा नं.१ बगैचा महीला समाजकी ग्राहक सदस्य मिना खरेलकी छोरी संगीता खरेल र वडा नं.६ गुर्जाङ महीला समाज की ग्राहक सदस्य बिष्णु कुमारी घर्तीको छोरा स्याम बहादुर घर्ती लाई नगद रु.६।६ हजार का दरले खर्वाङ शाखा बाग्लुङ का शाखा प्रमुख टोकराज बस्यालले छात्रवृती रकम बितरण प्रदान गर्नुभएको थियो ।
दुवै छात्र, छात्राले अघील्लो बर्ष कक्षा १२ को परीक्षमा ग्राहक सदस्यका छोरा छोरी मध्ये उत्कृट अङ्क ल्याइ उत्तीण गरेका थीए । संस्थाले आफ्ना १८१ वटा शाखा कार्यालयका ३६२ जना छात्र छात्रा लाई प्रत्येक बर्ष उत्कृट अङक का आधारमा छात्रबृती रकम प्रदान गर्ने गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै शाखा प्रमुख टोकराज बस्यालले संस्थाले कर्जा र बचतको कारोबार मात्रै नभएर सामाजीक उत्तरदायीत्व अन्तर्गत बिभीन्न आयमुलक तालीम लगायत अन्य सेवा प्रदान गरी गरीव तथा बिपन्न बर्ग लाई सेवा प्रदान गरी गरीवी निवारण गर्नमा संस्था सधै लागीरहने प्रतीबद्धता ब्यक्त गर्नुभयो ।