Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक/वित्तीय संस्था अब विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने

२०७७ जेष्ठ २९ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले अब २ सिफ्टमा कर्मचारी परिचालन गरेर विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । उक्त निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री समेत रहेका सुचना सञ्चार तथा प्रविधि मन्त्री डा.युवराज खतिवडाले कर्मचारीलाई बिहान ८ बजेदेखि १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्मको गरी दुई सिफ्टमा काम लगाउनुु पर्ने बताउ । उनले चालु आर्थिक वर्ष अन्तिम अबस्थामा रहेका कारण कर्मचारीले दुई सिफ्टमा काम गर्नुपर्ने उल्लेख गरे । अब लकडाउनमा पनि बैंक, वित्तीय संस्था र बीमा कम्पनी तथा सहकारी संस्थाहरुले दुई सिफ्टमै काम गर्नेछन् । वित्तीय सेवा अत्यावश्यक सेवा अन्तर्गत राखिएको छ ।