Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तको फत्तेपुर शाखाद्धारा छात्रवृत्ति वितरण

२०७७ जेष्ठ २५ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फत्तेपुर बांकेले एक कार्यक्रमका विच राप्तीसोनारी गाउपालिका वडा नं ६ स्थित मोहनपुर महिला समुहकी सदस्य श्रीमती हस्ता कुमारी बुढामगरकी छोरी सुश्री झरना बुढामगरलाई र खल्लाटेपरी महिला समुहकी सदस्य श्रीमती सितादेवी बुढाथोकीको छोरी सन्तोष बुढाथोकीलाई छात्रवृत्ति वितरण गरेको छ । दुबै छात्र छात्रा ले अधिल्लो बर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण भएका थिए ।
संस्थापक अध्यक्ष डा. हरीहरदेव पन्तको स्मृतीमा प्रदान गरीने छात्रवृत्ति रकम संस्थाले आफ्ना १८१ वटा शाखा कार्यालयका ३६२ जना छात्र छात्रालाई प्रत्येक बर्ष उत्कृष्ट अंकका आधारमा उक्त रकम प्रदान गर्ने गर्छ । छात्रवृत्ति वितरण कार्यक्रममा वडा जनप्रतिनिधी तारा कसेरा र शाखा कार्यलय फत्तेपुर बांकेका शाखा प्रमुख कलक राज बनले संयुक्त रुपमा ६/६ हजार नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै जनप्रतिनीधि तारा कसेराले संस्थाले विगत समय देखी यस क्षेत्रमा वित्तिय क्षेत्रमा उत्कृष्ट काम गरी रहेको र आगामी दिनमा पनि यसरी नै सामाजिक उत्तरदायित्व बहन गरी समुदायमा अग्रणी संस्थाको भुमिकामा सधै काम गर्न शुभकामना दिनुभयो । मन्तब्यको क्रममा शाखा प्रमुखले समाजमा रहेको निर्धनतालाई हटाउदै गरीव, उत्पीडीत र विपन्न बर्गको उत्थानमा संस्था सधै लागी रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा समुहका सदस्यहरुले सामाजिक दुरी कायम गर्दै कोरोनाले समाज त्रसित भएको विषम परीस्थितीमा पनि घरमा आएर छात्रवृति वितरण गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए ।

Ad