Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

नियमको पालना नगर्ने बैंकहरुलाई भारतीय केन्द्रीय बैंकले जरीवाना लगायो

२०७७ जेष्ठ १७ गते


भारतीय रिजर्व बैंकले केही प्रावधानहरूको पालना नगरेकोमा भारतको सार्वजनिक क्षेत्रको बैंक अफ इन्डीयालाई पाँच करोड रूपैयाँको जरिवाना लगाएको छ । यसबाहेक, केन्द्रीय बैंकले एनपीए नियमहरू पालना नगरेकोमा कर्नाटक बैंकलाई पनि १.२ करोड रूपैयाँको जरिवाना लगाएको छ ।
रिजर्व बैंकले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकको निर्देशनालयका केही प्रावधानहरूको पालना नगरेकोमा बैंक अफ इण्डिया (बीओआई) लाई पाँच करोडको जरिवाना लगाएको बताएको हो । निरीक्षण गर्दै जाँदा बैंकले केही निर्देशनहरूको पालना नगरेकाले बीओआइलाई नोटीस पनि दिइएको थियो ।
नोटीसमा बैंकले जवाफ र व्यक्तिगत सुनुवाई पछि बैंकलाई जरीवाना लगाउने निर्णय भएको छ । त्यस्तै, रिजर्व बैंकले कर्नाटक बैंकलाई १.२ करोड जरिवाना लगाएको छ । केन्द्रीय बैंकले आयकर मान्यता र सम्पत्ति वर्गीकरण (आईआरएसी) नियममा दिइएका निर्देशनहरूको पालना नगरको कारण सारस्वत सहकारी बैंकलाई पनि ३० लाख रुपैँयाको जरिवाना लगाएको छ ।

Ad