बैंकिङ खबर । चौतारी लघुवित्तमा कार्यरत सबै कर्मचारीको कोरोना बीमा गरीएको छ ।
संस्थाले हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बिरुद्ध सुरक्षाका लागि संस्थामा कार्यरत सम्पुर्ण स्थायी, करार तथा प्रशिक्षार्थी कर्मचारीहरुको मिति २०७७ जेष्ठ ०९ गते सिद्धार्थ ईन्स्योरेन्स लिमिटेड मार्फत कोरोना भाईरस (कोभिड–१९) बीमा गराएको छ । उक्त बीमा दावीका लागि कोरोना भाइरस (कोभिड–१९) रोगको पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् । साथै संस्थाले आफ्ना ५४ शाखा कार्यालय मार्फत कोरोना सङ्क्रमण रोकथाम एवम् नियन्त्रण तथा बिपन्न परिवारलाई राहत उपलब्ध होस् भन्ने उदेश्यले ५४ वटा स्थानीय पालिकाहरुमा राहत स्वरुप चार लाख तिस हजार रकम सहयोग गरिसकेकोे छ ।
