
बैंकिङ खबर । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरु फेटा, बारा र बट्टार, नुवाकोटका शाखा प्रबन्धकहरु क्रमश : श्याम बाबु यादवले फेटा गाउँपालिकाको प्रशासकिय अधिकृत प्राण मेहत्ता र अध्यक्ष अमिरिलाल प्रसादूलाई रमिनकुमार दाहालले विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितलाई सम्बन्धित गाउँपालिका वान गरपालिकाको कोरोनाभाइरस (COVID-19) रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रति शाखा रु १०,०००/– का दरले जम्मा २०,०००/– रुपैयाको आर्थिक सहयोगको चेक हस्तान्तरण गर्नु भएको छ । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।
यस संस्था संचालनमा आएको हाल सम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६,१५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाखभन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पु-याउन सफलभई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोवार संचालन गर्दै आईरहेको छ ।