बैंकिङ खबर । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न कार्य क्षेत्रका स्थानीय निकायहरुलाई रु.१,३८,७७६।– (एक लाख अठ्तिस हजार सात सय छयत्तर रुपैयाँ) आर्थिक सहयोग गरेको छ । नेपाल एग्रो लघुवित्तले सल्यान, प्युठान, रोल्पा, पाल्पा, गुल्मी, वाग्लुङ, पर्वत र तनहुँजिल्लामा रहेका कपुरकोट शाखा, श्रीनगर शाखा, थारमारे शाखा, खुङ्ग्रीशाखा,विजुवार शाखा, छहरा शाखा, रामपुर शाखा, बलेटक्सार शाखा, बुर्तिवाङ शाखा, हटिया शाखा, फलेवास शाखा, हुवास शाखा र भानुशाखा गरी १३ शाखा रहेका स्थानीय निकायलाई शाखा मार्फत प्रति स्थानीय निकाय रु.१०,६७५।०७ पैसाको दरले आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल एग्रो लघुवित्तका वाँकि १३ शाखा रहेका स्थानीय निकायमा पनि यस प्रकारको सहयोग वित्तीय संस्थाले जनाएको छ ।