बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघले कम्तिमा ३ बर्षका लागि बैंकिङ कर्जाको व्याज पाँच प्रतिशतले घटाउन माग गरेको छ । महासंघले बजेटमा सुझाव दिने क्रममा यस्तो माग गरेको हो । महासंघले दुई प्रतिशत सम्बन्धित बैंकले र ३ प्रतिशत पुनकर्जा कोषले व्यहोर्नेगरी पाँच प्रतिशत व्याज घटाउन अनुरोध गरेको हो । उद्योग तथा प्रतिष्ठानलाई कर्मचारी तलव खर्चका लागि पाँच प्रतिशत व्याजमा पुनकर्जा कोष परिचालन गरी २ बर्षे किस्ताबन्दीको व्यबस्था गर्नुपर्ने सुझाव पनि महासंघले दिएको छ ।