बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोनाभाईरस बिरुद्ध लड्न आर्थिक सहयोग गरेको छ । लघुवित्तको शाखा कार्यलय कटहरी, नयाँबजार मोरंगका शाखा प्रमुखले कटहरी गाँउपालिकाको कोरोना भाईरस (COVID-19) रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त आर्थिक सहयोगको चेक गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कार्कीलाई हस्तान्तरन गर्नुभएको हो ।