बैंकिङ खबर । कोरोना भाइरसका कारण बन्द भएको सेयर बजार २ प्रतिशतले बजार घटेपछि बन्द गरिएको छ । लकडाउन अवधिभर बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि शेयर बजार बन्द गर्ने निर्णय यसअघि भएको थियो । यो अबधिमा नेप्से सूचक २५ अंकले घटेर १२२६.१५ विन्दुमा झरेको छ । सोही अनुसार बजार बन्द गरिएको हो । ४९ दिनपछि खुलेको शेयर बजार डेडघन्नामा बन्द भयो । नेपाल स्टक एक्सचेञ्जले दैनिक २ घण्टा शेयर बजार खोल्ने निर्णय गरेको थियो। सोहि अनुसार बैशाख ३० गतेदेखि विहान ११ बजे बजार खुलेको हो ।कारोबारमा सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।कारोबारको सुरु देखि नै ओरालो लागेको बजारमा कारोबार सुरु भएको डेढ घन्टामै बन्द गरियो । नेप्से सूचक २५.३० अंकले घटेर १२२६.१५ बिन्दुमा झरेको छ । १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँको कारोबार भएको छ । ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता किनबेच भएको हो ।