Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माईक्रोफाइनान्स समाजमा लोकप्रिय बन्दै १५ थान पिपिई सेट सहयोग

२०७७ बैशाख ३० गते

बैंकिङ खबर । विश्वभर महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस कोभिड १९ नियन्त्रण तथा चेक जाँच गर्नका निमित मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय रामपुर्वा (कोल्हबी) ले कोल्हबी नगरपालिकाको नगर स्वास्थ्य कार्यालयलाई १५ थान पिपिई सेट सहयोग गरेको छ । उक्त सहयोग शाखाका शाखा प्रबन्धक अजित कुमार मण्डलले कोल्हबी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद साविर ठकुराईलाई हस्तान्तरण गर्नुभएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद साविर ठकुराई कोल्हबी नगरस्वास्थ्य शाखामा स्वास्थ्य सामाग्री सहयोग गर्ने मेरो माईक्रोफाइनान्स नै पहिलो संस्था रहेको र अगामी दिनमा पनि यस्ता सहयोग गरिदिने आग्रह गर्दैै धन्यवाद समेत ब्यक्त गर्नु भयो । संस्थाले समाजिक उत्तरदायित्व अन्र्तगत प्रत्येक जिल्लामा रहेको शाखा मार्फत राहत तथा आवश्यक सहयोग गरिरहेका छ । कार्यक्रममा जितपुर अनुगमनका प्रमुख राम किशोर प्रसाद कुशवाहा, शाखा प्रबन्धक मण्डल तथा सम्पुर्ण कर्मचारीहरु र चिकित्सक सुनिल बोगटी र मनोज चौधरीको उपस्थिती रहेको थियो ।

Ad