Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्तद्धारा कोरोना कोषमा आर्थिक सहयोग

२०७७ बैशाख २९ गते

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय ठुटिपिपलले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस COVID-19 नियन्त्रण तथा रोकथाम कार्यका लागि राहत कोषमा ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट तथा प्रमुख प्रशासकिय अधिकृतलाई रु १०,०००/ को चेक हस्तान्तरण सहयोग गरेको छ । सहयोग रकम बुझ्दै गाउँपालिका प्रमुख हिरा केवटले संकटको बेलामा सहयोगको लागि विशेष धन्यवाद दिनु भयो । यस्तै सहयोग रकम हस्तान्तरण गर्नुभएका शाखा प्रमुख भविश्वर ढकालले लघुवित्त भनेको समाजकै अभिन्न अङ्ग भएको र समाज र समग्र देशको आर्थिक विकासको लागि चौतारी लघुवित्त सधैँ अग्रसर रहने कुरा व्यक्त गर्नुभयो । साथमा उपस्थित कर्मचारी उमेश कोरीले सहयोग गर्न पाएकोको खुसि भएको र आगामी दिनमा पनि चौतारी लघुवित्तले सामाजिक कार्य गर्ने जानकारी दिनुभयो ।

Ad