बैंकिङ खबर । बैंकवित्तहरुलाई कम कर्मचारीबाट काम गर्नुपर्ने बाध्यताले प्रशाशनिक संचालनमा केही समस्या सृजना गर्ने भएको छ । बैंक वित्तले एकतिहाई कर्मचारी मात्रै परिचालन गर्न पाउने छन् भने २५ प्रतिशत सवारी साधनले मात्रै संचालन अनुमति पाउनेछन् । शाखा एक तिहाइ कर्मचारीले मात्र खोल्नुपर्ने हुन्छ । सरकारले बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेसँगै आइतबारबाट बैंवित्तले सबैजसो कामहरु संचालन गर्नेछन् । तर सवारी साधन र कर्मचारी भने अति कम परिचालन गर्नुपर्ने छ । राष्ट्र बैंकले सूचना मार्फत नै एक तिहाइ कर्मचारीले मात्र कार्यालय संचालन गर्नुपर्ने बताइसकेको छ । सवारीसाधनका बारे बैंकले सवारी नम्बर र सवारी उपभोग गर्नेको नाम तथा समय र ठाउँ खुलाएर पत्र बनाउनुपर्ने छ । सोही पत्रको आधारमा सवारी साधन र कर्मचारीको आवागमन हुने छ । कोरोना संक्रमणबाट जोगिनका लागि माक्स, सेनिटाइजर तथा आवश्यक अन्य सुरक्षाको प्रवन्ध बैंकले गर्नुपर्ने छ । यी सुरक्षाका सामग्री बैंकको प्रशाशनिक खर्चमा जोडीने छ । लगातारको लकडाउन र संक्रमणबाट जोगिनका लागि आवश्यक सुरक्षा सामग्रीको बन्दोबस्त बैंकले गर्दा बेंकको प्रशाशनिक खर्च बढ्ने नै छ । एटीएम मेसीनदेखि बैंकका हरेक शाखासम्म सेनिटाइजर उपलव्ध गराउनुपर्ने छ । बैंकवित्तहरुले आफ्नै कार्यालयमा यो खर्च बढाउँदै गर्दा सम्पूर्ण कर्मचारी परिचालन गर्न नसकेपनि उनीहरुको सेवा सुविधा यथावत राख्नुपर्ने छ । जसले गर्दा तलव र प्रशाशनिक अन्य खर्च कटौटी हुने अबस्था छैन ।
अब अधिकाँस शाखा संचालनमा
अब बैंकका सबै शाखा कार्यालयहरु खुला हुने छन् । सरकारले लकडाउनकै बिच पनि उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले सबै शाखा कार्याल्य खोलेर सेवा दिने छन् । शुक्रबारबाटै गरिएको यो प्रयास आइतबारबाट बढी लागु हुने छ । यसअघि बैंकहरुले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । अब भने सबै ठाउँका शाखाहरु खोल्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनका अनुसार सबै ठाउँका शाखा कार्याल्यहरु खोल्न सबै बैंकहरुलाई सूचना भइसकेको छ । केहि साह्रै समस्यामा परेका शाखाहरुबाहेक अन्य खुला हुने छन् । मन्त्रिपरिषद् बैठकले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।
सेवा ग्राही आउलान् ?
बैंक तथा वित्तीय क्षेत्रका अधिकाँस शाखा अब खुल्ने छन् । शाखा खुल्दै गर्दा केही मानिसहरु रकम झिक्न र चेक साट्न जाने छन् । सरकारले ४४ किसिमका व्यबसाय संचालन गर्ने निर्णय गरेपछि ती व्यबसायसँग जोडिएका कार्यालयहरुको चेक साट्ने र जम्मा गर्ने काम हुने छन् । यति कामका लागि मात्रै के बैंक वित्तका सबै शाखा खोल्न आबश्यक छ ? एउटा प्रश्न भने उठीरहेको छ । यसबारेमा बैंकहरुले सरकारको निर्णय मान्नु पर्ने दायत्वि मात्रै देखिन्छ । सुरक्षाकर्मीले ठाउँठाउँमा चेक गरेर मानिसलाई फर्काउने गरेको छ । यस्तो बेला सन्त्रासका बाबजुत बैंक पुग्नेहरुको संख्या धेरै हुने छैन । अहिले लोनको काम भएको छैन । पुँजी परिचालनका कामहरु ठप्प प्राय छन् । कर्जा, साँवा र किस्ता भुक्तानीको म्याद असार मसान्तसम्म सारिएको छ । बैंक खुल्ने तर बैंकसम्म जान नपाउने अबस्था भने ज्यूका त्यू छ । हिडडुलमा कडाई गरिँदा खुलेका निकायले दिने सेवा कत्तिको प्रभावकारी हुन सक्लान् ?