बैंकिङ खबर । उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोनाभाईरस (COVID-19) राहतकोषमा रु.६ लाख ५० हजार सहयोग गर्ने सन्दर्भमा प्रदेश नं.५ प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई रु.३ लाखको चेक उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रेम बहादूर पाठक तथा सञ्चालक कृष्ण प्रसाद गौतमले हस्तान्तरण गर्नुभयो ।