बैंकिङ खबर । घर बनाउन, कुनै व्यबसाय संचालन गर्न वा गाडि मोटरसाइकल खरीद गर्नका लागि तपाईले बैंकबाट कर्जा लिनुभएको हुन सक्छ । यदी कर्जा निकाल्दा बैंकलाई मासीक वा त्रैमासिक किस्ता भुक्तानी, व्याज वा साँवा भुक्तानी गर्ने एकाउन्ट र आफूले दैनिक पैसा प्रयोग गर्ने एकाउन्ट एउटै बनाउनुभएको छ भने तपईलाई केही असहज उत्पन्न हुन सक्छ । पहिलो कुरा बैंंकको किस्ता बुझाएको रेकर्ड राख्न र एकाउन्ट मिलाउन केही झन्झटीलो हुन सक्छ । त्यस बाहेक अहिले धेरै व्यक्तिहरुले भोगेको समस्या यही छ कि एउटै एकाउन्ट भएका कारण बैंकले झिक्दैन भनेर ढुक्क भएको किस्ता झिकिदियो । बैंकले किस्ता झिकिदिएपछि दैनिकी खर्च चलाउने रकमकै अभाव हुन थाल्यो । बैंकले खातामा रकम भएपछि स्वतह मासिक रुपमा काट्ने गरी सिस्टम बनाएको हुन्छ । यो सामान्य बैंकिङ सिस्टमको कुरा भयो । अहिले नेपाल राष्ट्र बैंकले व्याज र साँवा भुक्तानी अनि किस्ता बुझाउने म्याद तीन महिना पर सारीदिएको छ । हुन त त्यो आफ्नै समस्या हुने छ जुन तिर्नै पर्ने हुन्छ । तथापी असहज परिस्थितिका लागि यो पनि एउटा राहत हो । घरखर्च गर्नसमेत पैसाको धौ धौ भयो भने बैंकको रकम केही पछि बुझाउँदा पनि हुन्छ । यही सोँचेर धेरै व्यक्तिले बैंकले तीनमहिना पैसा झिक्दैन भनेर ढुक्क भए । तर त्यसो भएन । बैंकहरुले खातामा भएको रकम झिके । त्यो स्वभाविक थियो । तर बैंकलाई बुझाउने र आफूले प्रयोग गर्ने खाता एउटै भएका सेवाग्राहिलाई मात्रै यसले असर गर्यो । बैंक किस्ता बुझाउने एकाउन्टमा पैसा नै नभएपछि बेंकले रकम काट्ने कुरै भएन । अति नै कठिन अबस्था भए बैंकले किस्ता काटेको रकम फिर्ता गर्न सक्ने रहेको छ । यस्तो समस्या हुनुमा मुख्य कारण एउटै एकाउन्ट प्रयोग हुनु हो । यस अर्थ यस्तो समस्याबाट बच्नका लागि पनि बैंकको किस्ता बुझाउने एकाउन्ट अलग हुनु जरुरी छ ।
चैतको किस्ता काटीएका ग्राहकले अति आबश्यक परे रकम फिर्ता पाउने


