Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकको सर्कुलर विपरीत बैंकहरुले धमाधम खाताबाटै चैतको किस्ता काटेपछि…

२०७७ बैशाख ६ गते

बैंकिङ खबर । बैंक वित्तहरुले खातावालहरुको खाताबाटै चैत महिनाको किस्ता काट्न थालेका छन् । विभिन्न व्यक्तिहरुले आफ्नो खाताबाट बैंकले किस्ता काटेको बताएका छन् । उनीहरुले बैंकिङ खबरको फेसबुक पेज र इमेलमा पत्राचार गर्दै बैंकले चैत महिनाको किस्ता खाताबाट कट्टा गरेको र सो को म्यासेज आफूहरुले मोवाइलमा पाएको बताएका छन् । साथै सम्बन्धित बैंकमाा कुरा गर्न खोज्दा सो बारेमा कार्यालयबाट सुनुवाई नभएको र नेपाल राष्ट्र बैंकको ३ महिने सहुलीयत के हो ? भनेर प्रश्न गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंकवित्तहरुलाई तीनमहिनाको सहुलियत प्याकेज घोषणा गर्दै चैत मसान्तमा तिर्नुपर्ने साँवा र व्याज असार मसान्तसम्म भुक्तानी गर्न सकिने सर्कुलर जारी गरेको थियो । राष्ट्र बैंकको चैत १६ गते जारी सर्कुलरको बुँदा नं. ५ मा सबै बैंक वित्तलाई निर्देशन दिँदै राष्ट्र बैंकले किस्ता, साँवा र व्याज चैत मसान्तमा नलिन र असार मसान्तमा लिन भनेको छ । जसअनुसार मिति सार्दा कुनै कर वा हर्जना लिन नपाइने उल्लेख गरिएको छ । 

 

राष्ट्र बैंकको सहुलीयत सर्कुलर यस्तो छ

Ad