बैंकिङ खबर । बीमा समितिले कोरोना भाइरस बीमालेख जारी गर्न निर्देशन दिएको छ । बीमा समितिले सम्पूर्ण निर्जीबन बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । एक सर्कुलर जारी गरी समितिले ग्रामीण स्तरमा न्यूून आय भएका वर्गलाई समेट्न यो सर्कुलर जारी गरेको जनाएको छ । उक्त बीमालेखले कोरोना लाइृ हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको सर्कुलरमा उल्लेख छ ।
इन्स्योरेन्स
बीमा समितिद्धारा कोरोना भाइरस बीमालेख जारी गर्न निर्देशन (सर्कुलरसहित)
२०७७ बैशाख ४ गते


