बैंकिङ खबर । बैंंकिङ क्षेत्रलाई चैत मसान्तको खासै चटारो गर्नु परेन । तथापी बैंकवित्तहरुले चैत मसान्तका दिन सबैजसो कार्यालय संचालन गरेर रकम बुझ्ने काम गरेका छन् । त्यसका साथै राष्ट्र बैंकले लकडाउन खुलेको एकसाता भित्र रिपोर्ट बुझाउन भनेका कारण पनि बैंकरहरुले यसमा ध्यान दिएरै लाग्नुपरेको बताएका छन् । चैत मसान्तजस्तो नभएपनि सचेत अपनाएरै काम गर्नुपरेको उनीहरुको भनाई छ । नेपाल राष्ट्र बैंकले चैत मसान्त सम्मको साँवा व्याज असार मसान्तमा बुझाउन सकिने सहुलियत नीति यसअघि नै सार्वनजिक गरिसकेको छ । साथै चैत मसान्तमा बुझाउनेले १० प्रतिशत छुट पाउने योजना राष्ट्र बैकले अघि सारेको थियो । राष्ट्र बैंकले सोही सर्कुलरमा बैंकहरुलाई लकडाउन खुलेको मितिले एकसाताभित्र रिपोर्ट पेश गर्न पनि भनेको छ । बैंकिङ क्षेत्रले बैशाख १ गतेबाटै लागु हुनेगरी निक्षेपमा व्याजदर घटाएका कारण पनि सिस्टम मिलाउन बैंकहरुले चैत ३० गते मसान्तका दिन सबैजसो शाखाहरु संचालन गर्नुपरेको हो । सबैजसो बाणिज्य बैंकले बैशाख १ गतेबाट लागु हुनेगरी निक्षेपमा नयाँ व्याजदर कायम गरेका छन् । ऋणको व्याज भने जेष्ठ १ गतेबाट लागुहुनेगरी केही घटाउने तयारी भएको छ ।
सम्बन्धित अरु समाचार
ऋणको व्याज १ प्रतिशतकै हाराहारी घट्ने, राष्ट्र बैंकले सहुलीयत दिए अर्कै कुरा
नेपाल राष्ट्र बैंकको तिनमहिने सहुलियत घोषणा : (सर्कुलर पत्रसहित)