Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शनिबार पनि राजश्व बुझ्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

२०७३ असार २४ गते

nrbनेपाल राष्ट्र बैंकले शनिवार पनि राजश्व बुझ्नका लागि बैंकहरुलाई निर्देशन दिएको छ । शुक्रबार एक सुचना जारी गर्दै केन्द्रीय बैंकले २५ गते शनिवार र ३१ गते शुक्रबारका दिन पुरै समय बैंक खोलेर राजश्व वुझ्न निर्देशन दिएको हो । राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैंकका नाम सुचना जारी गर्दै शनिबार साँझ ४ बजेसम्म र अर्को शुक्रवार अर्थात ३१ गते साँझ ५ बजेसम्म राजश्व बुझ्न निर्देशन दिएको हो । चालु आर्थिक बर्षको राजश्व बुझ्ने अन्तिम साता भएकाले राष्ट्र बैंकले राजश्व बुझ्ने समय मिलाउन निर्देशन दिनु परेको हो ।