बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट ५ लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको संस्थाले जानकारी दिएको छ ।