Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले निक्षेप संकलनमा व्याज घटाए, मुद्धति र बचत दुवैमा व्याज घट्यो

२०७६ चैत्र २६ गते

बैंकिङ खबर । बैंकहरुले निक्षेपको व्याजदर घटाएका छन् । बचतखातामा र मुद्धति खातामा यसअघि पाउँदै आएको व्याजमा बैंकहरुले कटौती गरेका हुन् । बैंकर्स संघले गरेको सहमति अनुसार नै बुधबारबाट सबै वाणिज्य बैंकहरुले निक्षेपतर्फ व्याज घटाएका छन् । वाणिज्य बैंकहरुले मुद्दति र बचत डिपोजिटको ब्याज दर घटाएका छन्। बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशतले झारेर बढीमा ८.७५ प्रतिशत कायम गरेका छन् । यसअघि ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । त्यसैगरी बचत खातामा पनि व्याज घटाएका छन् । बाणिज्य बैंकले बढीमा साढे ६ प्रतिशत दिँदै आएको बचतको ब्याजमा एक प्रतिशत दघटाएर ५.५ प्रतिशत कायम गरेका छन् । ऋणको ब्याज घटाउनका लागि निक्षेपको व्याज घटाइएको उनीहरुले बताएका छन् । निक्षेपको ब्याजसँग आधार दर घट्ने र सोही अनुसार ऋणको ब्याज घट्ने बतायएको छ । बैंकहरुले आधार दरमा लिने अधिकतम प्रिमियम दर पनि एक प्रतिशत विन्दुले घटाएका छन्। यसको कार्यान्वयन भने जेठ १ गतेबाट हुनेछ । आगामी जेठ १ गतेबाट लागु हुनेगरी ऋणको ब्याज घट्ने बताइएको छ ।

Ad