बैंकिङ खबर । सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन थप गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण रोक्नका लागि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्दै आएको छ । चैत १७ मा दोस्रोपटक थप गरिएको लकडाउन चैत २५ मा सकिने थियो । मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन थप गरेको हो ।
