बैंकिङ खबर । लक्ष्मी बैंकको सहयाक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाईरस COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण÷ उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले देशको सातवटै प्रदेशमा सम्वन्धित प्रदेश सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा २ लाखको दरले जम्मा १४ लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । उक्त सहयोग रकम सो प्रयोजनको लागि प्रदेश सरकारहरुले राष्ट्रिय बाणिज्य बैंकमा खोलिएका बैंक खाताहरुमा जम्मा गरिने छ ।
संस्थाले विपन्न वर्गको आर्थिक तथा समाजिक स्थिति सुधार गर्न लघुवित्त सेवा प्रदान गर्ने र सामाजिक उत्तरदायित्व समेत वहन गर्ने उद्देश्य अनुरुप संस्थागत समाजिक उत्तरदायित्व कोषवाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
