बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले देशमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि स्थापना भएको राष्ट्रिय राहत कोषमा २८ लाख सहयोग गरेको छ । प्रत्येक प्रदेशलाई ४ लाखका दरले २८ लाख रुपैंया संस्थाले सम्बन्धित प्रदेशको बैंक खातामा जम्मा गरेको छ ।
संस्थाले कोरोनाको प्रकोपलाई फैलननदिन, क्वारेन्टाइन व्यबस्थापन, औषधोपचार, विपन्नलाई खाधान्नको ब्यबस्थापन र समस्यामा परेकाहरुलाई सहयोग गर्ने लगायतका लागि यो रकम सम्बन्धित प्रदेशको बैंक खातामा जम्मा गरेको हो ।
यस विषम परिस्थितीमा आम जनमानसमा धैर्यधारण गरी घरभित्रै बसौं, सुरक्षित रहौं, आफु बाचौं अरुलाइ पनि बचाऔं भन्दै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सबैलाई अनुरोध समेत गरेको छ ।