Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

थप ८ दिन लकडाउन गर्ने मन्त्रीपरिषदको निर्णय

२०७६ चैत्र १६ गते

बैंकिङ खबर । थप ८ दिन लकडाउन हुने भएको छ । सरकारले आज यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि उच्चस्तरीय समन्वय समितिले बढीमा १४ दिनसम्म लकडाउन थप्न प्रस्ताव गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हाल जारी लकडाउनको समयावधि चैत १८ गते सकिँदैछ । यसअघि सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । त्यसपछि पनि थप ८ दिन लकडाउन लागु हुनेछ ।