बैंकिङ खबर । हाल कोरोना महामारी सन्सारभरी फैलीएको छ । अधिकाँस देशले लकडाउनको घोषणा गरेपछि मानिसहरु घरमै छन् । हरेक देशले सावधानी अपनाउने काम भइरहेको छ । कोरोना संक्रमण फैलिन नदिन तथा उपचार सामग्रीदेखि विपन्न बर्गको उत्थानका लागि विश्वलाई नै धेरै पैसा र अन्य सहयोगको खाँचो परिरहेको छ । यस्तो अबस्थामा नेपालका वित्तीय क्षेत्र तथा घराना ग्रुपहरुले पनि आआफ्नो क्षेत्रबाट सरकारलाई सहयोग गरिरहेका छन् । जुन कार्यका लागि वित्तीय क्षेत्रले सहयोग दिने र घोषणा गर्ने कार्य जारी रहेको छ । हालसम्म वित्तीय क्षेत्रबाट भएको सहयोग यसप्रकार रहेको छ ।
सरकारलाई कोरोना संकट समाधानका लागि राहात बुझाउने संघसंस्थाहरु
– नेपाल बैंकले १ करोड रुपैयाँ
– कृषि विकास बैंकले १ करोड २५ लाख
– ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख
– सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५।२५ थान हस्तारन्तरण ।
– लक्ष्मी ग्रुपले एक करोड
– विशाल ग्रुप अन्तर्गतको भीजी फाउन्डेसनले एक करोड
– हिमालउन बैंकले १ करोड २५ लाख
– राष्ट्रिय सहकारी बैंकले ११ लाख ११ हजार
– एनसेलले १० करोड
– बीमा समितिले २ करोड रुपैयाँ,
– धितोपत्र बोर्डले ५० लाख रुपैयाँ
– विश्व बैंकले नेपाललाई ३ अर्ब नेपाली रुपैयाँ ऋण दिने भएको छ ।
‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ सरकारले ५० करोड जम्मा गर्दै खडा गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा रकम सहयोग जम्मा गर्न सकिन्छ ।


