Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नागरिक बचतपत्र २०७७ ‘क’ को सावाँ र व्याज वितरण सुरु, कसरी लिने ?

२०७३ असार १९ गते

nrbनागरिक बचतपत्र २०७७ ‘क’ को साँवा तथा ब्याज भुक्तानी पुर्जा र खण्डित अवधिको ब्याज वितरण आइतबारदेखि सुरु भएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका समेत लगानीकर्ताले भुक्तानी पुर्जा र ब्याज लिन आवेदन बुझाएको कार्यालयमा सम्पर्क गर्न नेपाल राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ । यो बचतपत्रको ब्याजदर आठ प्रतिशत रहेको छ । प्रमाणपत्र र ब्याज लिन लगानीकर्ताले रकम बुझाएको भौचरको अर्धकट्टि  तथा नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकले गत चैत २८ मा यो बचतपत्र निष्काशन गरेको थियो ।