बैंकिङ खबर । शेयर कारोबारको समय दैनिक एक घण्टा बढाइने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्राचार गर्दै कारोबार समय एक घण्टा बढाएर विहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म कारोबार गर्नका लागि पत्राचार गरेको छ ।
अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुने गरेको छ । बजार बढिरहेका बेला लगानीकर्ताहरुले किनबेच गर्ने समय कम भएको भन्दै गुनासो गरेपछि धितोपत्र बोर्डले समय बढाउनका लागि नेप्सेलाई पत्राचार गरेको हो ।


