Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

चौतारी र आरम्भ लघुवित्तले पाए मर्जरमा जाने स्वीकृति

२०७६ फाल्गुन १९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृती दिएको छ । दुई संस्थाले एक बराबर एकको शेयर स्वाप अनुपातमा गाभिनका लागि केन्द्रीय बैंकको स्वीकृति पाएका हुन् ।

मर्जरपश्चात् आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ भने केन्द्रीय कार्यालय काभ्रेको बनेपामा हुनेछ ।

आरम्भ र चौतारीबीच गत जेठमा मर्जरको औपचारिक सम्झौता भएको थियो ।