Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

डिप्रोक्स लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

२०७६ फाल्गुन १४ गते

बैंकिङ खबर । मुख्य कार्यालय भरतपुर, चितवन रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय ईन्द्रचोक, कास्कीमा केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यबशाय योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गराउने उदेश्यले भिडियो मार्फत समेत स्पष्ट गरिएको थियो । उक्त कर्यक्रममा समुहमा आबद्ध ८५ भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो भने मुख्य कार्यालयको तर्फबाट गण्डकी प्रदेशका अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलको उपस्थिति रहेको थियो र शाखा कार्यालयका शाखा प्रबन्धक राजेन्द्र भुजेल, कर्मचारी गोपि पराजुली, कृष्ण पौडेल, तिलक वली, लोकेन्द्र दाहाल र शिब अधिकारीको उपस्थिति रहेको थियो । यस वित्तीय संस्थाले देशै भरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने जनाएको छ । यस कार्यक्रममा आ.व. २०७५/०७६ मा उत्कृष्ट भएका तिन वटा केन्द्र हरुलाई नगद सहित प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो भने समुहमा आबद्ध सदस्यका छोरा/छोरी मध्ये २०७५ सालको एस.ई.ई.मा सबै भन्दा धेरै ग्रेड ल्याउन सफल एक जनालाई नगद सहित प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो ।

Ad