
बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न चरणमा तालिम सम्पन्न गरेको छ । लघुवित्तले माघ १४ र १५ गते प्रशिक्षार्थी कर्मचारीहरुका लागि सेवा प्रवेश तालिम, १६ र १७ गते सहयोगी सदस्यहरुका लागि सहयोगि सदस्य क्षमता अभिबृद्धि तालिम तथा १९ र २० गते केन्द्र प्रबन्धक कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम प्रदान गरेको हो ।
तिन वटै तालिम संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले दक्ष जनशक्ति अभाव लघुवित्त क्षेत्रको चुनौतीको रुपमा रहेको बताए । उनले लघुवित्त कार्यक्रमको मेरुदण्ड भनेको नै दक्ष जनशक्ति भएकोले संस्थामा कार्यरत आफ्ना कर्मचारीहरुको क्षमता बिकासमा जोड दिएको बताए ।