बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था शाखा कार्यालय, रामपुर्वा(कोल्हबी) बारा द्धारा सर्व साधारणलाई १ दिने निः शुल्क आँखा शिविर कोल्हबी बजारमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सभापतिको रुपमा मेरोमाइक्रो फाइनान्सका शाखा प्रबन्धक अजित कुमार मण्डल, विशिष्ट अतिथिको रुपमा कर्पोरेट कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, अतिथिका रुपमा कर्पोरेट कार्यालयका बिभागिय प्रमुख–अनुगमन बिभागका पुष्कर घिमिरे, कर्पोरेट कार्यालयका अनुगमन अधिकृत रामकिशोर प्र.कुश्वाहा, कर्पोरेट कार्यालय अनुगमन अधिकृत कृष्णा खनाल, इलाका प्रहरी कार्यालयका इन्सपेक्टर बलिष्टर सिंह, सशत्र प्रहरी बल सुरक्षा प्रमुख सुक बहादुर राणा, उद्योग वाणिज्य संघका सदस्य राम प्रसाद प्रसाई, थारु सेवा सदनका कोषाध्यक्ष भुवन प्रसाद चौधरी, प्रमुख अतिथिका रुपमा कोल्हबी न.पा.१ नं. वडाका वडा अध्यक्ष बिरेन्द्र कुमार चौधरीको उपस्थिति रहेको थियो । कार्यक्रममा ५५३ जना बिरामीको उपस्थिती रहेको थियो । जसमा मोतियाबिन्दुका बिरामी २२५ जना रहेका थिए । उनीहरुलाई निः शुल्क रुपमा फाल्गुन १ गते शल्यक्रिया गराउने जनाइएको छ । शिविरमा मात्रिका आई फाउण्डशन, वीरगंज, पर्सा सहयोगी संस्थाको रुपमा रहेको थियो ।
