बैंकिङ खबर । उदयपुरको गाईघाट पुगेर “घोङगी खाजाघर” को वारेमा जो सुकैलाई सोध्दा पनि सजिलै उत्तर पाउन सकिन्छ । त्रिवेणी टोलमा पर्ने यो खाजाघरमा वरपर वजार देखि टाढा टाढाका मान्छे समेत घोङगीवाट वनेका परिकारका स्वाद लिन यहि आइपुग्छन् । यसरी यो व्यवसायको नाम र पहिचान दिलाउन नुनुवती चौधरी र शिवकुमार चौधरीले तिन वर्ष अघि शुरु गर्नुभएको सानो घुङ्गी खाजा घरको योगदान महत्वपुर्ण छ । आज “कुमकुम घोङगी खाजा” घरकी संचालिका नुनुवती चौधरीलाई धेरै मान्छेले चिन्छन्,राम्रो आम्दानी पनि छ यो नाम पहिचान सवै वहाको आफ्नै मेहनतको देन हो ।
नुनुबती चौधरीको जन्म २०३५ सालमा सामान्य किसान परिबारमा भएको हो । एसएलसी सम्मको पढाई सकेपछि १९ वर्षको उमेरमा वहाको विवाह गाईघाटका शिबकुमार चौधरीसग भयो । जीवनमा केही गरांैला भन्ने इच्छा त छदै थियो तर विवाह पश्चात ति सवै घर व्यवहार मै सिमित भयो । शिवकुमार पेन्टिङ्गको काम गर्नुहुन्थ्यो, धेर थोर खेतीपाती पनि थियो, जिन्दगी जसो तसो चलेकै थियो । परिवार ठुलै थियो दाजुभाई ४ जना भएकोले खेतीपातिवाट मात्र परिवार धान्न सजिलो थिएन । यसै विचमा एउटा छोराको जन्म भयो, २ वर्ष त छोराको स्याहार सुसार गर्दै समय वितेको पत्तो नै भएन ।
२०७१ साल आश्विन महिनामा एकजना छिमेकी बहिनीले छिमेक वैंकको वारेमा भन्नुभयो । विना धितोमा व्यवसाय सञ्चालनको लागी ऋण पाइने, भविष्यको लागी वचतका राम्रा कार्यक्रम पनि रहेछन् । सुविधा सुन्दा सदस्य वन्न मन लाग्यो र ७ दिनको तालिम लिएर इकाई नं. ७८२७÷१÷१ समुह सदस्य पनि भए । शुरुमा आम्दानी पनि थिएन अलि अलि बचत गरियो, धेरै ऋण लिन पनि डर लाग्यो । तर मन लागे जति वचत गर्न त दिगो खालको आम्दानीको वाटो चाहिने रहेछ । महिनाको २/४ सय वचत गरेर मात्र भविष्य सुरक्षित हुन्छ जस्तो लागेन । अव नुनुवती हरेक समय केही पेशा गर्नुपर्छ भनेर सोच्न थाल्नुभयो । पटक पटक गरेर ५ हजार ,१० हजार, २० हजार ऋण लिएर वाख्रा पाल्नुभयो र वेच्दा फाइदा पनि भयो । तर यो पुर्णरुपमा व्यवसाय थिएन त्यसैले यसवाट थोरै फाइदा हुन्थ्यो, सानोतिनो घरखर्च र किस्ता तिर्दा नै ठिक्क ।
समयले २०७३ सालमा कोल्टे फे¥यो, शिवकुमारको पेशा पेन्टिङको काम पनि वन्द भयो । जसो तसो चलिरहेको जीवनमा अव समस्या आउन थाल्यो । तर यो समस्यावाट कतिपनि विचलित भएनन् नुनुवती र शिवकुमार । दुवैले सल्लाह गरे सानो तिनो व्यापार गर्ने भनेर । ऋणको लागी सल्लाह गर्न शाखामा जादा शाखा प्रवन्धक सरले ब्यबसाय हेरेर मात्र कर्जा पाइने र ब्यवसाय स्थानिय ठाउँमा नै हुनुपर्दछ भन्नुभयो । अव कुन व्यवसाय गर्ने भनेर सोच्दा चौधरी समुदाय लोकप्रिय घोङगीवाट वनेका परिकारको खाजाघर खोल्ने सल्लाह भयो । व्यवसाय शुरु गर्न आफुसग भएको रु.१,५०० वाट घर अगाडी टिनले वारेर सानो खाजाघर वनाउनुभयो । पूजीको अभावमा दिनमा २÷३ सयको चटपट र २/३ के.जी. घोङगीवाट तयार भएको खाजा वेच्न थाल्नुभयो । अव यहि व्यवसायवाट केही हुने देखेर छिमेकवाट रु.१ लाख अनुशासन ऋण लिनुभयो । लिएको ऋणवाट खाजाघर निर्माण, ग्राहकलाई वस्ने टेवल, कुर्सि, भाँडाकुँडा लगायतका अति आवश्यक सामानमा खर्च भयो । सवै व्यवस्थित भएपछि ग्राहकको संख्या पनि विस्तारै वढ्दै गयो । यो क्षेत्रमा यो ब्यवसाय कसैको पनि नभएको हुनाले ग्राहक पनि टाढा टाढाबाट आउन थाले ब्यवसाय राम्ररी फष्टायो र विक्री अनुसार आम्दानी पनि वढ्न थाल्यो मासिक आम्दानी नै २।३ लाख सम्म भयो । दैनिक ३५ के.जी.घोङगीवाट वनेका परिकार विक्री हुन थाल्यो । ढाड र नशा, आँखाका रोगीलाई यसले राम्रो फाइदा गर्ने भएकोले ग्राहकहरु खोजी खोजी आउन थाल्नुभयो । व्यवसायलाई अझ व्यवस्थित वनाउन २०७४ सालमा २ लाख र त्यसपछि रु. ३ लाख ऋण लिनुभयो र सवै ऋण रकम यसै व्यवसायमा लगाउनु भयो ।

आजकल औषत दैनिक १५\१६ के.जी.घोङगीवाट वनेका परिकार विक्री भैरहेका छन् आम्दानी करिव ८०/९० हजार मासिक हुन्छ । दुवैजना पतिपत्नी यसै व्यवसायमा खट्नुभएको छ एकजनालाई प्रत्यक्ष रोजगारी समेत दिनुभएको छ । “मेरो व्यवसाय गर्ने सोचलाई छिमेकले दिएको ऋणले सार्थक वनाइदियो” “धन्यवाद, मलाई व्यवसाय विस्तार गर्न सल्लाह दिनुहुने छिमेकको शाखा कार्यालय गाईघाटका कर्मचारी तथा सहयोगी सदस्य दिदीवहिनीलाई ।”
आफ्नो काम प्रति लगनसिल र ईमान्दार हुने हो भने सफल हुन लामो समय लाग्दो रहेनछ । व्यवसाय शुरु गरेको ३ वर्षको छोटो अवधिमा पौने कठ्ठा जग्गा जोड्नु भएकोछ, खाजाघर पनि विस्तार गर्नु भएकोछ, छोरालाई राम्रो स्कुलमा पढाउनु भएकोछ । भविष्यको लागी भनेर छिमेकमा मासिक २ हजारको पेन्सन वचत गर्नु भएकोछ । सवैलाई आफ्नो सिप अनुसारको व्यवसाय चलाउन सल्लाह दिनुहुन्छ नुनुवती चौधरी । वहा भन्नुहुन्छ” अरुको देखासिकी भन्दा पनि आफुमा भएको ज्ञान सीपको आधारमा व्यवसाय चलाउने हो भने पक्कै सफलता पाउन सकिन्छ ।” “म सन्तुष्ट छु छिमेक लघुवित्तले दिएको सेवा सुविधाले म आज सफल वन्न सके यस अर्थमा यो संस्था मेरो भगवान नै जस्तो लाग्छ ।”
स्रोत : सिताराम लौडारी
