बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५७ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४७३.६१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा त्रिलोकले २७ लाख ५२ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
छ करोड नौ लाख ५२ हजार रुपैयाँ चुक्तापुँजी रहेको लघुवित्तको जगेडाकोषमा दुई करोड एक लाख ६२ हजार रुपैयाँ रहेको छ । यो अवधिमा २२ करोड १९ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तको कर्जा लगानी ८५ करोड २६ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
तीन करोड २३ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको लघुवित्तको संचालन आम्दानी चार करोड ६७ लाख २५ हजार भएकोमा कर्मचारीका लागि एक करोड ३२ लाख ५४ हजार र अन्य ६६ लाख ५७ हजार खर्च भई संचालन मुनाफा दुई करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
खराब कर्जा शून्य रहेको त्रिलोक लघुवित्त सूयोदय लघुवित्तसँग मर्जरमा जाँदैछ ।