Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंक खातामा बीमा सुविधा : सर्वसाधारणलाई अनावश्यक

२०७६ माघ १२ गते

बैंकिङ खबर । पछिल्लो समय बैंकहरुले निक्षेप तान्नका लागि विभिन्न स्कीमहरु ल्याउन थालेका छन् । जसमध्येको एक हो बीमा सुविधा । बैंकहरुले विभिन्न बचत खाता ल्याउँदा बीमा सुविधा दिने, कर्जा योजना ल्याउँदा बीमा सुविधा दिने योजनाहरु ल्याइरहेका हुन्छन् । यद्यपि, बैंकहरुले दिने यस्तो सुविधाले सर्वसाधारणलाई खासै प्रभावित पार्न सकेको पाइँदैन ।

एक त सर्वसाधारणहरुले बीमाबारे राम्रोसँग बुझ्न बाँकी छ । बीमाको सुविधा किन लिने भन्ने कुराको ज्ञात कम रहेको छ । बीमा कम्पनीमा नै बीमा गर्न नगएका सर्वसाधारण बैंकमा बीमा गर्ने लोभले जाने हुँदैन । यस आधारमा बीमालाई बैंकहरुले सस्तो लोकप्रियताको माध्यम मात्रै बनाएको देखिन्छ ।

नेपालमा पर्याप्त जीव र निर्जिवन कम्पनीहरु संचालनमा रहेका छन् । यी कम्पनीहरुले आफ्नो क्षेत्रमा विभिन्न योजनाहरु ल्याएर काम गर्दै आएका छन् । यस्तो अवस्थामा बैंकहरुल्े बीमा सुविधा दिनु आवश्यक देखिँदैन । बैंकहरुले बैंकिङ सुविधाहरुमा नै फोकस गर्नुपर्छ । बैंकिङ कार्डहरु निशूल्क दिने लगायतका स्कीमहरुबाट बैंकहरुले निक्षेकर्तालाई आकर्षित गर्न सक्छन् ।

तर, बैंकहरुले बीमा सुविधा दिने भन्दै बचत योजनाहरु ल्याउनु आवश्यक देखिँदैन । बीमा गर्ने काम बीमा कम्पनीको हो । बैंकमा खाता खोल्नेहरुले बीमा भुक्तानी लिने अवस्था आउँदैन । खातावालको मृत्यु भएतापनि बैंकमा गएर बीमा दाबी गर्नेतर्फ ध्यान जाँदैन । भुक्तानी गर्नुपर्ने अवस्था नआउने भएपछि बैंकहरुले निक्षेपकर्ता तान्नकै लागि मात्र बीमा सुविधा दिने भन्दै प्रचारवाजी गरिरहेका छन् ।