Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

सनराइज बैंकले सिर्जना फाइनान्स किन्ने

२०७६ माघ ९ गते

बैंकिङ खबर । सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदनको आधारमा स्वाप रेसियो तय गर्ने सम्झौता भएको छ ।

सिर्जना फाइनान्स बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको फाइनान्स कम्पनी हो । कम्पनीले २१ वटा शाखामार्फत सेवा दिइरहेको छ ।