बैंकिङ खबर । देवः विकास बैंक कुमारी बैंकमा विलय हुने भएको छ । प्राप्तीसम्बन्धी सम्झौतामा कुमारी बैंककातर्फबाट मर्जर समिति संयोजक कृष्ण ज्ञवाली र देवः विकास बैंकका तर्फबाट मर्जर समिति संयोजक भरतबहादुर हमालले हस्ताक्षर गरेका छन् ।
कुमारीले देवः विकास बैंकलाई १००ः८६ को श्वाप रेसियोमा विलय गर्नेछ । डिडिएका क्रममा यो स्वापमा केही परिवर्तन हुन सक्ने बताइएको छ ।
हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको देवः विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १७ करोड छ । दुई बैंक गाभिएपछि बन्ने कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब २८ करोड पुग्नेछ ।


