Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तको विभिन्न शाखाहरुमा केन्द्र प्रमुख स्तरीय गोष्ठी सम्पन्न

२०७६ पुष २२ गते


बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय जहरे,पिपरी, शिशै, गोवल्टार,चरिकोट, रजहर, बलकोट, चेरनेटा, देउराली, खहरेबजारले केन्द्र प्रमुख स्तरीय गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न शाखामा भएको कार्यक्रममा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहरा, आन्तरीक लेखा परिक्षण विभाग प्रमुख शुसिल कुमार बुढा, तालिम तथा सामाजिक विकास विभाग प्रमुख बिकल काफ्ले, चेरनेटा ब्लक स्टेसन प्रमुख सुरेश खड्का, फेनरा ब्लक स्टेसन प्रमुख रमेश घिमिरे लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा सदस्यहरुको स्वास्थ्य चेक जाँच साथै स्थानीय तह तथा नेपाल प्रहरीको सहकार्यमा स्थानीय स्तरमा देखिएका सामाजिक कुरुतिका विषयमा छलफल समेत गरीएको थियो । लघुवित्त संस्थाको समाजिक उत्तरदायित्व मात्र नभई आर्थिक र सामाजिक विकास सँगसँगै अगाडि बढाउनु पर्ने भएकाले सहकार्यमा ध्यानदिनु पर्ने कुरामा जोड दिइएको थियो ।
विभिन्न ठाँउमा भएको कार्यक्रमको समापनमा बोल्दै संस्थाका विभागिय प्रमुखहरुले कर्जा, बचत, विप्रेषण, आम्दानीको महत्वको बारेमा सदस्यबाट आएका गुनासोको सम्बोधन समेत गरेका थिए । त्यस्तै स्थानीय तह र नेपाल प्रहरीका प्रतिनिधिले मिर्मिरे लघुवित्तले गर्दै आइरहेको काम देखेर खुशी लागेको बताउदै सबै मिलेर नै आर्थिक विकास तथा सामाजिक विकास गर्न सकिन्छ भन्दै लघुवित्तले आर्थिक क्रियाकलापका साथै स्थानीय तह तथा प्रहरी प्रशासनलाई समेत साथमा लिई काम गरेकोमा बधाई दिएका थिए ।

Ad