
बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले नयाँ कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रम धादिङबेसी अन्तर्गत होटल आर के बैङक्वेटस धादिङबेसीमा सम्पन्न गरेको छ । अभिमुखिकरण कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले पानसमा दिप प्रजवल्लन गरि उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुखकार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ६७ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नयाँ कर्मचारीहरुलाई स्वागत गर्दै नियुक्ति तथा पदस्थापनको साथै कर्मचारीहरुलाई प्रशिक्षण अवधीमा राम्रोसंग तालिम लिई नमुना कर्मचारीको रुपमा विकास गर्न शुभकामना तथा बधाई दिनु भएको थियो ।
२०७६ मंसीर मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ६५ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहँुच देशका सातै वटा प्रदेशका ४२ वटा जिल्लाका ८३हजार भन्दा वढी विपन्न परिवारमा पुगेको छ र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ९५ करोड र बचत रु.१ अर्ब ४० करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।