Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थानको एक्काइसौंं वार्षिक साधारण सभा सम्पन्न

२०७६ पुष १४ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको एक्काइसौंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष शरद निधि तिवारीको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष तिवारीले आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

यस वार्षिक साधारण सभाले सामान्य प्रस्ताव तर्फ आ.व. २०७५/७६ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको मिति २०७६ आषाढ मसान्तको चुक्ता पूँजी रु. १ अर्ब २० करोडको १५.५३ प्रतिशतले हुन आउने रु. १८,६३,१५,७८९।– नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आ.व. २०७६/७७ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई लेखापरीक्षक नियुक्त गरेको थियो ।

त्यसै गरी विशेष प्रस्ताव तर्फ संचालक समितिबाट सिफारिस तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम आ.व. २०७५/७६ को मुनाफाबाट हाल कायम संस्थाको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने रु. ३० करोड बराबरको बोनस शेयर जारी गर्ने, संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनस शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाको प्रवन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु अमृत नाथ रेग्मी, नरसिंह लाल चखुँ, इन्द्र कृष्ण श्रेष्ठ, शिव प्रसाद पौडेल, दामोदर प्रसाद रेग्मी र डमरु बल्लभ घिमिरेले साधारण सभामा आफ्नो राय, सुझाव पेश गर्नु भएको थियो । साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तब्य दिनु भएको थियो । सो साधारण सभाको संचालन संस्थाका कम्पनी सचिव राम बहादुर चौधरीले गर्नु भएको थियो । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट पारित गरेको घोषणा गरेका थिए ।

Ad