Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

घरेलु लघुवित्तको प्रथम वार्षिक साधारण सभा सम्पन्न

२०७६ पुष १३ गते

बैंकिङ खबर । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा संस्थाका अध्यक्ष आङ देण्डी शेर्पाको सभापतित्वमा काभ्रेको वनेपा स्थित पन्चकन्या व्याङक्वेटमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन,लेखा परीक्षकको आ.व. २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहित २०७६ आषाढ मसान्त सम्मको वासलात तथा नाफा÷नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल,आ.व.२०७६/७७को लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा संस्थाले अन्य ईजाजतपत्र प्राप्त घ बर्गका कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा प्राप्ती हुन जाने (Acquisition) र कुनै बित्तिय संस्था एक आपसमा गाभ्न/गाभिन (Merger) उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिवा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै संस्थाको प्रथम वार्षिक साधारण सभाले ६ सदस्यीय सञ्चालक समिती निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत लक्ष्मि पोख्रेलले जानकारी दिनुभयो ।

यस संस्थाले संस्था स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखाकार्यालयहरु स्थापना गरी विगत १० महिना देखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ मंसिर मसान्तसम्ममा लगभग ४ हजार ६ सय घरपरिवारहरुमा सेवा विस्तार गर्दै २१ करोड भन्दा बढी लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Ad