Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्तका अध्यक्षद्धारा पद तथा गोपनियताको सपथग्रहण

२०७६ पुष ११ गते

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्था तथा नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चातको वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षका रुपमा सर्वसम्मत चयन हुनु भएका बिमला उपाध्याय घिमिरेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकालद्धारा पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।
नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा सञ्चालकहरु बिन्दीया श्रेष्ठ प्रधान, किशोरी थापा, कल्पना बराल, शिव प्रसाद मिश्र र कृष्णराज सिलवालको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य तथा नायव महाप्रबन्धक रबिन्द्र तिमल्सेना समेतले उपस्थिति जनाउनु भएको थियो ।
दुई संस्था मर्जर पश्चात २०७६ मंसिर ३० गते देखि एकिकृत वित्तीय कारोवार शुरु भइसकेको छ ।

 

Ad